स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बीच सहमति

घर जग्गा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा मिती २०८१ १२ ११ सोमबार प्रेस बिज्ञप्ती जरी गरी मन्त्रलय बाट गठित बार्ता टोली र आन्दोलनरत पक्ष्य बिच गुठी समस्या समाधान गर्न गुठी संस्था ऐनमा  तेश्रो सम्सोधन का लागि तयार गरिएको मश्यौदा दुबै पक्ष्य सहमत भइ उक्त मश्यौदा लाई कानुन को रुप दिन तत्काल कार्य गर्नी सहमती भएको ले आन्दोलन का सम्पूर्ण कार्यक्रम बन्द गर्नी सहमती भएको जान्कारी दिएको छ । 

स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफुहरुले पाउनुपर्ने मोही किसानको माग छ । मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था ‘गुठि किसानसँग वार्ता गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याउन, जमीनमाथिको द्वेध स्वामित्व अन्त्य गरी मोही पुर्जाको हक सुनिश्चित गर्न र गुठी जग्गा रैकरमा परिवर्तन गरी किसानलाई जग्गा धनी पुर्जा जारी गर्न माग गर्दै मोही किसान बिगत केहि बर्ष देखी आन्दोलित छ ।

यस अघी मिती २०८१ माघ २९  गते मन्त्रलय द्वरा प्रेस बिज्ञप्ती जारी गरी आन्दोलनरत पक्ष लाई बर्ता को लागि बोलएएको थियो

Leave a Reply