अब एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

फोटो फिचर बैंकिङ तथा वित्त समाचार

२४ असोज, काठमाडौं — अब बैंकको एटीएमबाट दैनिक ५० हजार रुपैयाँभन्दा बढी रकम निकाल्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सीमा तोकेको हो।

पहिले डेबिट कार्डमार्फत दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न सकिन्थ्यो। नयाँ व्यवस्थाअनुसार अब प्रति कारोबार २० हजार रुपैयाँ र मासिक अधिकतम ३ लाख रुपैयाँसम्म मात्रै निकासी गर्न पाइनेछ। यसअघि प्रति कारोबार २५ हजार रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्थ्यो।

राष्ट्र बैंकका अनुसार, प्रिपेड कार्ड र क्रेडिट कार्डबाट हुने कारोबारको सीमामा भने कुनै परिवर्तन गरिएको छैन। केन्द्रीय बैंकले भुक्तानी प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन यो कदम उठाएको बताइएको छ।

यो नयाँ व्यवस्था लागु भएपछि कार्डधारकहरुले दैनिक खर्च योजनामा केही परिमार्जन गर्नुपर्ने देखिन्छ। बैंकहरूले ग्राहकलाई यसबारे सूचित गर्दै आवश्यक तयारी अघि बढाइरहेका छन्।

Leave a Reply