पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको विशेष अदालतमा बयान सुरु

फोटो फिचर समाचार

काठमाडौं, असार ११ –काभ्रेको बहुचर्चित पतञ्जली जग्गा प्रकरणले नयाँ मोड लिएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विशेष अदालतमा आफैँ उपस्थित भई बयान दिन पुगेका छन्। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएसँगै अब थुनछेक बहस पनि अगाडि बढ्नेछ।

यो प्रकरण २०६६ सालमा प्रधानमन्त्री रहेका बेला पतञ्जली योगपीठ र आयुर्वेदिक कम्पनी नेपालका नाममा हदबन्दी छुटमा काभ्रेको बहुमूल्य जग्गा दर्ता गराइएको आरोपमा छ। अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गर्दै १८ करोड ५८ लाख रुपैयाँ बराबरको बिगो र सजाय माग गरेको हो। यसले गर्दा नेपालको सांसद पद निलम्बनमा परेको छ भने, उनको पार्टी एकीकृत समाजवादीले असार १३ मा सचिवालय बैठक बोलाउँदै राजनीतिक र कानुनी प्रतिक्रिया तय गर्न लागेको छ।

अब अदालतको फैसला मात्र होइन, यसले राजनीतिक संतुलनमा समेत असर पार्ने देखिएको छ।

Leave a Reply