काठमाडौं, असार १६ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले Curex Pharmaceuticals Pvt. Ltd. द्वारा उत्पादन गरिएको PANTOLOC (Pantoprazole Tablets IP) ब्राण्डको एक ब्याच प्रयोग नगर्न आग्रह गरेको छ।
विभागको असार १५ गते प्रकाशित सूचनामा उल्लेख अनुसार, TPT-129(b) ब्याच नम्बरको यो औषधी गुणस्तर परीक्षणमा असफल भएको हो। विभागको राष्ट्रिय औषधी प्रयोगशाला तथा थप Failure/Root Cause Analysis Investigation Report अनुसार, उक्त औषधीको Dissolution Test (Buffer Stage) को मापदण्ड IP 2022 अनुसार पुरा गर्न नसकेको पाइएकाले यसलाई प्रयोग नगर्न आग्रह गरिएको छ।
सन्दिग्ध औषधीको विवरण यस्तो छ:
सि.नं. औषधीको नाम ब्याच नं. उत्पादन/म्याद समाप्ति मिति कारण उत्पादक कम्पनीको नाम र ठेगाना
1 PANTOLOC (Pantoprazole Tablets IP)Each enteric coated tablet contains:Pantoprazole Sodium Sesquihydrate IP equivalent to Pantoprazole 40 mg. TPT-129(b) Mfg Date: Dec 2024Exp Date: Nov 2027 "Does not comply as per IP 2022 with respect to Dissolution test (Buffer Stage) performed" Curex Pharmaceuticals Pvt. Ltd.Banepa, Kavre, Nepal
विभागले औषधी बिक्री वितरणमा संलग्न सबै निकायलाई उक्त ब्याचको औषधी बिक्री, वितरण र प्रयोग नगर्नु साथै बजारबाट तुरुन्त फिर्ता गरि विभागलाई जानकारी गराउन अनुरोध गरेको छ।
यो सूचनासँगै औषधिको गुणस्तर परीक्षण तथा नियमनको महत्वप्रति जनचासो बढेको छ। साथै, यस्ता घटनाले औषधी प्रयोग गर्दा नियमित र प्रमाणित स्रोतबाट मात्र औषधी किन्नु पर्ने आवश्यकता झन् महत्वपूर्ण बनेको देखिन्छ।