नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन: १०:३.४७८३ अनुपातमा ६५ लाखभन्दा बढी कित्ता जारी हुँदै

बीमा क्षेत्र समाचार

निष्काशन मिति – २०८२।०४।०६    निष्काशन बन्द मिति  – २०८२।०४।२६

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई १०:३.४७८३ अनुपातमा राइट सेयर जारी गर्ने प्रस्ताव पत्र प्रकाशित गरेको छ। यस अनुसार कम्पनीले ६५,७६,९६७.७६ युनिट राइट सेयर शेयरधनीहरुलाई दिनेछ। यो राइट सेयर जारी प्रक्रिया मिति २०८२ श्रावण ६ गते देखि २६ गतेसम्म  सम्म सञ्चालन हुनेछ। कम्पनीले यस कदममार्फत आफ्नो पूँजी वृद्धि गर्दै आगामी विकासका योजना तथा वित्तीय सुदृढीकरणको लागि आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्य राखेको छ।

राइट सेयरमा आवेदन गर्न चाहने शेयरधनीहरुले तोकिएको अवधिमा आवेदन फारम भर्नु पर्नेछ भने आवश्यक कागजातहरु समेत पेश गर्नुपर्नेछ। यस अवसरले शेयरधनीहरुलाई आफ्नो शेयर अनुपात अनुसार थप शेयर खरीद गर्ने अधिकार प्राप्त हुनेछ, जसले दीर्घकालीन लगानीका लागि अवसर प्रदान गर्दछ। नेपाल इन्स्योरेन्स कम्पनीले यस कदमबाट आफ्नो वित्तीय स्थिति सुदृढ गर्दै बीमा क्षेत्रमा थप विश्वसनीयता र सेवा विस्तार गर्ने अपेक्षा राखेको छ।

Leave a Reply