रिपोर्टिङ डेडलाइन बढायाे राष्ट्र बैंकले

फोटो फिचर बैंकिङ तथा वित्त समाचार

नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समयसीमा थप लचिलो बनाउँदै नयाँ एकीकृत निर्देशन लागू गरेको छ। यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ।

यसअघि त्रैमासिक (३ महिना) समाप्त भएपछि ७ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो भने अन्तिम (४थो) त्रैमासमा २१ दिनभित्र प्रकाशन गर्नुपर्ने प्रावधान थियो। तर अब यो परिमार्जन अनुसार प्रत्येक त्रैमासिक समाप्त भएको १५ दिनभित्र संक्षिप्त वित्तीय प्रतिवेदन (interim report) राष्ट्रियस्तरको पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्नेछ।

त्यस्तै, विस्तृत विवरण भने संस्थाको वेबसाइटमा तोकिएको ढाँचामा राख्नुपर्नेछ, र उक्त वेबसाइट प्रकाशन भएको विवरणको उल्लेख पनि पत्रिकामा उल्लेख गर्नु पर्नेछ। चौथो त्रैमासका लागि भने अहिले पनि ३० दिनको समयसीमा कायम गरिएको छ।

यो परिमार्जनले बैंक तथा वित्तीय संस्थाहरूलाई रिपोर्टिङ प्रक्रियामा केही सहजता र समय व्यवस्थापनको सुविधा दिन्छ, जसले रिपोर्टको गुणस्तर सुधार गर्न र प्रकाशन प्रक्रिया व्यवस्थित बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply