एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन खुला — १:०.४२ अनुपातमा आजदेखि आवेदन

फोटो फिचर जीवन बीमा बीमा क्षेत्र समाचार

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विद्यमान शेयरधनीहरूलाई लक्षित गरी १:०.४२ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। मिति २०८२ असार २५ गतेदेखि सुरु भएको यो हकप्रद शेयर आवेदन प्रक्रिया साउन १३ गते (बैंकिङ समय) सम्म खुला रहनेछ। यस अन्तर्गत, १ कित्ता शेयर बराबर ०.४२ कित्ता का दरले, रु. १००/- अंकित दरमा कुल १,४२,७९,३१२.४८ कित्ता साधारण शेयर निष्कासन गरिएको हो।

यस हकप्रद शेयरमा आवेदन दिनका लागि २०८२ जेठ १६ गतेभन्दा अघिसम्म शेयर कायम गरेका शेयरधनीहरू योग्य हुनेछन्। निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, काठमाडौं लाई दिइएको छ। साथै, मुक्तिनाथ विकास बैंकका शाखाहरू (बिर्तामोड, पोखरा-चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, बुटवल) तथा कम्पनीका कार्यालयहरू (बिराटनगर, जनकपुर, नारायणगढ) मार्फत पनि दरखास्त दिन सकिनेछ।

CASBA प्रणाली अन्तर्गत ASBA सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर पोर्टल प्रयोग गरी अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ। दरखास्त फारमहरू मुक्तिनाथ क्यापिटलको वेबसाइट (www.muktinathcapital.com) वा एशियन लाइफको वेबसाइट (www.asianlife.com.np) बाट डाउनलोड गरी पनि पेश गर्न सकिन्छ।

साविक शेयरधनीहरूले हकप्रद शेयरको बिक्री बन्द हुनु अघिको मितिमा “Account Payee Draft” सहित हुलाक वा कुरियरमार्फत मुक्तिनाथ क्यापिटलमा आवेदन पठाउन सक्नेछन्। तर बिक्री बन्द मितिभन्दा ७ दिनपछि प्राप्त दरखास्त स्वीकार नगर्ने उल्लेख गरिएको छ। कम्पनीले हकसम्बन्धी थप विवरणको लागि २०८२ असार ७ गतेको नागरिक दैनिकमा प्रकाशित सूचना वा माथि उल्लिखित वेबसाइटहरू हेर्न अनुरोध गरेको छ।

Leave a Reply