“सावधान! गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) को लक-इन सकिंदैछ — यी सेयरहरू अब खुला हुँदै”

फोटो फिचर बीमा क्षेत्र समाचार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्राथमिक सेयर निष्कासन (IPO) को क्रममा म्युचुअल फण्डहरूलाई छुट्याएका १,१२,५०० कित्ता सेयरहरूको लक-इन अवधि समाप्त हुने मिति सार्वजनिक गरिएको छ। कम्पनीको सेयर रजिष्टार हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेडले जारी गरेको सूचनामा अनुसार श्रावण ४, २०८२ (जुलाई २०, २०२५) मा उक्त सेयरहरू दोस्रो बजारमा खुला रूपमा कारोबार गर्न मिल्नेछ।

कम्पनीले कुल ७५ करोड रुपैयाँ जारी पूँजीमध्ये ३०% अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ सेयर निष्कासन गरेको थियो। सोमध्ये  नेपाल धितोपत्र बोर्ड (SEBON)को निर्देशिका अनुसार १,१२,५०० कित्ता सेयर म्युचुअल फण्ड स्कीमहरूमा बाँडफाँड गरिएको थियो। सेयर बाँडफाँड भएको मितिदेखि सुरु भएको छ महिनाको अनिवार्य लक-इन अवधि अब सकिन लागेको हो।

लक-इन अवधिको अन्त्यसँगै अब यी सेयरहरू दोस्रो बजारमा कारोबार योग्य हुने छन्, जसले कम्पनीको सेयरमा संस्थागत लगानीकर्ताको सक्रियता पुनः देखिने अपेक्षा गरिएको छ।

कसरी निर्धारण हुन्छ लक-इन अवधि?

नियमन अनुसार म्युचुअल फण्डलाई बाँडफाँड गरिएका सेयरहरूमा ६ महिनाको लक-इन अवधि लागु हुन्छ, भने संस्थापक तथा कर्मचारी वर्गलाई बाँडफाँड गरिएका सेयरहरूमा ३ वर्षको लक-इन रहने व्यवस्था छ। यस किसिमको चरणबद्ध लक-इन प्रणालीले कम्पनीको सेयरमा प्रारम्भिक स्थिरता ल्याउनुका साथै दीर्घकालीन प्रतिबद्धता सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास गरिन्छ।

Leave a Reply