नेपाल राष्ट्र बैंकको दुई महत्त्वपूर्ण अपडेट: प्राथमिक कर्जा प्रवाहमा समय थप, चालूपूँजी कर्जामा स्पष्टता

बैंकिङ तथा वित्त फोटो फिचर समाचार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लक्षित दुईवटा महत्त्वपूर्ण निर्देशनमा स्पष्टता ल्याएको छ। एकातर्फ प्राथमिक क्षेत्र कर्जा प्रवाहको समयसीमा लम्ब्याइएको छ भने अर्कोतर्फ चालूपूँजी कर्जासम्बन्धी मार्गदर्शनको एक बुँदालाई कार्यान्वयनको समय परिवर्तन गरिएको छ।

१. प्राथमिक क्षेत्र कर्जा प्रवाह: लक्ष्य पुरा गर्न अब थप १ वर्षको समय

नेपाल राष्ट्र बैंकले Unified Directives 2024 संशोधन गरी बैंकहरूलाई प्राथमिक क्षेत्रमा कर्जा प्रवाह गर्ने लक्ष्य पुरा गर्नको लागि अतिरिक्त एक वर्ष थपेको छ। जसअनुसार,

  • २०८५ असारसम्म कुल कर्जाको १५% कृषि तथा साना-मझौला उद्यम (SMEs) मा लगानी गर्नुपर्नेछ।

  • चरणबद्ध लक्ष्यः

  • ११% – २०८२ असार
  • १२% – २०८३ असार
  • १३% – २०८४ असार
  • १५% – २०८५ असार

यसले बैंकहरूलाई प्राथमिक क्षेत्रतर्फ कर्जा प्रवाह गर्न समयसापेक्ष योजना बनाउन सहयोग गर्नेछ। साथै, २० लाखसम्मका कर्जाको पुनर्संरचना/पुनर्तालिकरण एकपटक गर्न पाइने व्यवस्था पनि जारी छ।

२. चालूपूँजी कर्जा मार्गदर्शन: Variance बुँदा मात्र २०८२ साउनदेखि लागू हुने

२०७९ मा जारी ‘चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन’ अन्तर्गत सबै व्यवस्था जस्ताको तस्तै लागू रहन्छन्। तर, बुँदा नं. ७ मा उल्लेखित Variance सम्बन्धी व्यवस्था मात्र अब २०८२ साउन १ गतेदेखि लागू हुनेछ।

  • मार्गदर्शनअनुसार पूर्ण पालना नगरी कर्जा नवीकरण गर्न पाइने छैन।

  • कडाइ स्वरूप, नियम नमानिएको खण्डमा सो कर्जा शतप्रतिशत नोक्सानीमा जानुपर्नेछ।

  • अन्य सबै मापदण्डहरू अहिले पनि यथावत् लागू छन्।

Leave a Reply