कमाना सेवा: लगानीकर्ताका लागि सुखद खबर

फोटो फिचर बैंक समाचार बैंकिङ तथा वित्त समाचार

कमाना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा ९.१९% ले वृद्धि भई रु ६३.५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ५८.१८ करोड नाफा आर्जन गरेको थियो।

बैंकको जम्मा पूँजी रु ३.५१ अर्ब, जगेडा कोष रु १.७८ अर्ब तथा वितरणयोग्य मुनाफा रु ६०.७४ करोड पुगेको छ। सो अवधिमा बैंकको निक्षेप संकलन ६.३८% ले बढेर रु ६२.८३ अर्ब पुगेको छ भने ऋण प्रवाह ८.६७% ले वृद्धि भई रु ४९.९६ अर्ब पुगेको छ। नेट इन्टरेस्ट इनकम ५.२५% ले बढेर रु २२.४४ करोड पुगेको छ भने ऋण नोक्सानी व्यवस्थापन खर्च (impairment charges) १६.५५% ले वृद्धि भई रु ४.१७ करोड पुगेको देखिन्छ।

बैंकका अन्य प्रमुख सूचकांकहरूमध्ये, प्रति शेयर वार्षिक आम्दानी (EPS) रु १८.१०, प्रति शेयर नेट वर्थ रु १६८.१३, र PE अनुपात २७.६९ गुणा रहेको छ। कुल पुँजी पर्याप्तता दर १३.२०% र गैर-संक्रिय कर्जा (NPL) अनुपात ३.३८% कायम छ। यसले बैंकको वित्तीय स्थायित्वसँगै सम्भावित लाभांश वितरणमा पनि सकारात्मक संकेत देखाउँछ।

प्रमुख वित्तीय तथ्यांकहरू:

Kamana Sewa Bikas Bank

In Rs "000"
ParticularsQ4 2081/82Q4 2080/81Difference
Net Profit635,297.08581,831.829.19%
Distributable Profit607,401.84411,201.5447.71%
Deposits62,834,301.1659,066,711.736.38%
Loans & Advances49,967,284.1345,979,607.708.67%
Net Interest Income2,244,468.742,132,542.915.25%
Impairment Charges/(Reversal) for loans and advances417,478.97358,202.0516.55%
Annualized EPS (In Rs.)18.1017.732.05%
Net Worth per Share (In Rs.)168.13164.102.46%
Non- Performing Loan (NPL)(%)3.383.360.60%
Cost of Fund (%)5.096.94-26.66%
Qtr end PE Ratio (times)27.69
Qtr End Market Price501.00

Leave a Reply