केही मिनेटमै, लगानीकर्ताको २.६८ खर्ब धुलोमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज विहिबार ६ प्रतिशतको तीव्र गिरावटसहित बन्द भएको छ, जसले यसलाई हालसम्मकै सबैभन्दा उथलपुथलपूर्ण सत्रमध्ये एक बनाएको छ। अघिल्लो दिन ३५.९९ अंकले ओरालो लागेको बजार आज थप १६०.३३ अंकले घटेर २,५११.९१ मा झरेको छ, जससँगै नेप्से लगातार दोस्रो दिन पनि रातो क्षेत्रमा बन्द भएको हो। बजार बिहानैदेखि असामान्य अस्थिरतामा खुलेको थियो। […]

Read More

प्रधानसेनापति र सुरक्षा निकाय प्रमुखहरूको संयुक्त आह्वान : संवादमार्फत शान्तिपूर्ण समाधान खोजौँ

२४ भदौ, काठमाडौं। प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा निकायका प्रमुखहरुले देशमा उत्पन्न परिस्थितिको शान्तिपूर्ण समाधानका लागि राजनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन्। प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा थप अस्थिरता र जनधनको क्षति हुन नदिन संयमित रहन आम नागरिकलाई अपिल गरिएको छ। मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु […]

Read More

राज्यका तीनै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद–सिंहदरबार–सर्वोच्चमा आगजनी

२४ भदौ, काठमाडौं । देशको राजनीतिक र प्रशासनिक इतिहासमै अभूतपूर्व घटना आज घटेको छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका — राज्यका तीनै अंग मानिने प्रमुख निकायहरू आन्दोलनकारीको पूर्ण नियन्त्रणमा पुगेका छन्। संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका संरचनामा आन्दोलनकारीहरूले कब्जा जमाएर तोडफोड र आगजनी गरेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले आन्दोलनकारीहरूको सम्पूर्ण नियन्त्रण रहेको छ […]

Read More

सामाजिक सञ्जालमा “Urgent Appeal” अभियानले तातेको माहोल :

काठमाडौँ, भदौ २३ (सेप्टेम्बर ९) – राजधानीमा जारी Gen-Z युवाको आन्दोलन माथि गरिएको बल प्रयोगपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छबी रिजाल सामाजिक सञ्जालमा तीव्र आलोचनाको केन्द्र बनेका छन्। दमन र प्रतिरोध प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गरेको गोली प्रहारमा कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको पुष्टि भएको छ। प्रशासनले […]

Read More

जेन–जेड आन्दोलनको उग्र रूप : गोलीकाण्ड, सरकारमाथि नैतिक संकट र सडकमा चर्किंदो प्रतिवाद

नेपालमा आजको दिनले फेरि एक पटक राजनीतिक अस्थिरता, लोकतान्त्रिक मूल्यप्रति शंका र राज्यको क्रुर अनुहारलाई उजागर गरिदिएको छ। विहान शान्तिपूर्ण रुपमा सुरु भएको जेन–जेड आन्दोलन दिउँसोसम्म पुग्दा रगताम्य घटनामा परिणत भयो, जब प्रहरीको गोली लागेर १६ जना युवाले ज्यान गुमाए र दर्जनौँ घाइते भए। सुरुवातमा सामान्य नाराबाजीका साथ अघि बढिरहेको प्रदर्शन अचानक चर्किँदै गएपछि राज्य […]

Read More

#NepoKid ट्रेन्ड : नेपालमा युवापुस्ताको विद्रोही स्वर

काठमाडौं—नेपालमा पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा एउटा नयाँ आन्दोलनले आगो झैँ फैलिएको छ। नाम छ—#NepoKid। सुरुमा केही युवाले मजाक–व्यङ्ग्यका शैलीमा पोस्ट गरेका दृश्यहरू अहिले राजनीतिको गहिरो बहसमा परिणत भएका छन्। यो ह्यासट्याग अहिले मात्र मनोरञ्जनको ट्रेन्ड होइन, नेतृत्वप्रतिको आक्रोश र समाजभित्रको वर्गीय विभाजन प्रकट गर्ने अभिव्यक्ति बनेको छ। Gen Z पुस्ता र विदेशमा रहेका युवा नेपालीहरूले […]

Read More

प्रधानमन्त्री ओलीको परराष्ट्र खेल, भारत–चीनबीच नेपाल कता धकेलिँदै?

चीनको तियानजिनमा सम्पन्न शाङ्घाई को–अपरेशन अर्गनाइजेशन (SCO) शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वैश्विक सुरक्षा पहल र वैश्विक विकास दृष्टिकोणलाई खुलेर समर्थन जनाएका छन्। उनले व्यापार, लगानी, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा चीनसँग सहकार्य बढाउने घोषणा गर्दै नेपाल–चीन सम्बन्धलाई अझ गहिरो बनाउन इच्छुक रहेको सन्देश दिए। ओलीले भने, “नेपाल–चीन सम्बन्धले धेरै परीक्षा […]

Read More

लाइसेन्सबिनै डिजिटल बैंक : ‘orangenxt’ प्रकरणको भित्री कथा

लक्ष्मी सनराइज बैंकको स्वामित्वमा सञ्चालित भनिएको डिजिटल प्लेटफर्म ‘OrangeNXT’ करिब डेढ वर्षअघि बजारमा ल्याइएको थियो। तर, यो अवधिभर बैंकले यसलाई आफ्नो आधिकारिक वेबसाइट वा प्रेस विज्ञप्ति मार्फत स्पष्ट रूपमा सार्वजनिक गरेको देखिँदैन। यद्यपि मोबाइल एप प्रयोग गरी ग्राहकहरूलाई आकर्षित गर्ने, बचत खाता खोल्ने तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने कार्य भने निरन्तर चलिरहेको थियो। तर […]

Read More

घर कर्जा (Home Loan) सम्बन्धी सम्पूर्ण जानकारी

परिभाषा घर कर्जा भनेको बैंक वा वित्तीय संस्थाले ग्राहकलाई जग्गा खरिद गर्न, भैरहेको जग्गामा घर निर्माण गर्न, भैरहेको घरलाइ मर्मत गर्न र नया तथा पूरानो घर वा अपार्टमेन्ट खरिद गर्ने उद्देश्यले दिने दीर्घकालीन कर्जा हो। घरजग्गा खरिद / निर्माण कर्जाको सिमा कति सम्म हुन्छ ? सामान्यतया घरजग्गा खरिद निर्माण कर्जा को सिमा ५ लाख देखि […]

Read More

सर्वोच्चको ऐतिहासिक परमादेश : उपेन्द्र यादव विरुद्ध गौर हत्याकाण्ड अब छानबिन हुने

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाणडमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौर हत्याकाण्ड विवादमा यादवमाथि छानबिन अघि बढाउन आदेश दिएको हो। घटनाको १९ वर्षपछि सर्वोच्चले यस्तो ऐतिहासिक आदेश दिएको हो। २०८० साल जेठ […]

Read More