आजदेखि HBL को एफपीओ

हिमालयन बैंक लिमिटेड (HBL) ले आजदेखि सर्वसाधारणका लागि ९२,५०,४६९ कित्ता एफपीओ शेयर बिक्री खुला गरेको छ। यो एफपीओ प्रति कित्ता १५७ रुपैयाँ (अर्थात् ५७ रुपैयाँ प्रिमियमसहित) मा जारी गरिएको हो। बिक्रीको प्रारम्भिक म्याद साउन ४ गते सम्म तोकिएको छ भने, पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म म्याद विस्तार हुने छ। बैंकले यस एफपीओमार्फत करीब १ […]

Read More

चेक अनादर प्रमाणित गर्ने नयाँ कार्यविधि लागू: राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २६ असार २०८२ – अबदेखि बैंक खातामा रकम नपुग्दा चेक फिर्ता भएको अवस्थामा त्यसको प्रमाणित प्रक्रिया स्पष्ट र विधिसम्मत हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधनसहित) को दफा ३क उपदफा (७) अनुसार तयार गरिएको ‘चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२’ लागू गरेको हो। राष्ट्र बैंकको […]

Read More

चेक बाउन्स सम्बन्धि नया कानून

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा केही महत्वपूर्ण संशोधनहरू गरिएको छ। चेक बाउन्स (अनादर) सम्बन्धी प्राथमिक उजुरी दिने तरिका, मुद्दा दर्ता प्रक्रिया, अनुसन्धान कसरी हुने, उजुरी दिन मिल्ने समय सीमा (हदम्याद), सजाय र जरिवाना, साथै मिलापत्र (आपसी सहमति) बाट समाधान गर्ने व्यवस्था जस्ता विषयहरूलाई स्पष्ट पारिएको छ। नेपाल सरकारले २०८२ साल बैशाख २४ गतेको […]

Read More

नेपाल राष्ट्र बैंकको दुई महत्त्वपूर्ण अपडेट: प्राथमिक कर्जा प्रवाहमा समय थप, चालूपूँजी कर्जामा स्पष्टता

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लक्षित दुईवटा महत्त्वपूर्ण निर्देशनमा स्पष्टता ल्याएको छ। एकातर्फ प्राथमिक क्षेत्र कर्जा प्रवाहको समयसीमा लम्ब्याइएको छ भने अर्कोतर्फ चालूपूँजी कर्जासम्बन्धी मार्गदर्शनको एक बुँदालाई कार्यान्वयनको समय परिवर्तन गरिएको छ। १. प्राथमिक क्षेत्र कर्जा प्रवाह: लक्ष्य पुरा गर्न अब थप १ वर्षको समय नेपाल राष्ट्र बैंकले Unified Directives 2024 संशोधन गरी […]

Read More

मितेरी सहकारी ठगीपछि फरार! मुख्य अभियुक्त कम्बोडियामा समातिए

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी प्रकरणमा संलग्न अभियुक्त ज्योती बहादुर भण्डारी अन्ततः पक्राउ परेका छन्। बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–७ का स्थायी बासिन्दा ४२ वर्षीय भण्डारीलाई कम्बोडियाको PHNOM-PENH स्थित एनसिबी (NCB) को समन्वयमा कम्बोडियाबाट पक्राउ गरिएको हो। उनलाई सम्बन्धित ठगी मुद्दामा कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो। भण्डारीमाथि मितेरी सहकारी संस्थाका बचतकर्ता […]

Read More

राष्ट्र बैंकद्वारा ४० अर्बको निक्षेप संकलन बोलकबोल: तरलता व्यवस्थापनमा कडाईको संकेत

नेपाल राष्ट्र बैंकले २०८२ साल जेठ २८ गते २१ दिनको अवधिका लागि रू. ४० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। यसका लागि बैंकले खुला बोलकबोल प्रणालीमार्फत मञ्जुरी प्रक्रिया अघि बढाउने जनाएको छ। बोलकबोल प्रक्रिया सोही दिन मध्यान्ह ३:०० बजेभित्र Online Bidding System Software मार्फत सम्पन्न हुने बताइएको छ। यो उपकरणमा “क”, “ख”, […]

Read More

सम्याग्रस्त घोषित सहकारीहरू – सर्वसाधारणका लागि सचेतता सूचनासहितको सूची

नेपालमा सहकारी क्षेत्रलाई आर्थिक समावेशिता र सामूहिक उन्नतिको माध्यमका रूपमा लिइन्छ। विशेष गरी ग्रामीण भेगका नागरिकलाई सस्तो ऋण, साना लगानी अवसर र बचतको सुविधासहित सेवा प्रदान गर्ने सहकारी संस्था समाजको आर्थिक मेरुदण्डका रूपमा विकास हुँदै आएका छन्। तर पछिल्लो समय सहकारी क्षेत्रभित्र देखिएको अनियमितता, वित्तीय अपारदर्शिता र संस्थागत कमजोरीले यो क्षेत्रमा गम्भीर संकट ल्याएको छ। […]

Read More

शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय सूचना इकाई (FIU-Nepal) ले २०२४ मा शंकास्पद कारोबारमा ४९ प्रतिशतको उल्लेखनीय वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। FIU-Nepal को चौथो वार्षिक न्यूजलेटर अनुसार, २०२३ मा प्राप्त ६,२५५ शंकास्पद कारोबार प्रतिवेदनहरू (STRs) २०२४ मा बढेर ९,३०४ पुगेका छन्, जुन मनी लन्डरिङ निवारण ऐन, २०६४ लागू भएयता सबैभन्दा उच्च संख्या हो । […]

Read More